२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अमेरिकाले थप ५ नेपालीलाई डिपोर्ट गर्‍यो, को हुन् ?

काठमाडौं । अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरूमाथि निष्कासनको कारबाही तीव्र पारेको छ। पछिल्लो पटक अमेरिकी अध्यागमनले पाँच नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा खड्का, ओली, चौधरी, केसी र विक थरका एक-एक जना छन्। उनीहरूलाई एयर इन्डियाको विमानमार्फत गत साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ।

दुई साता अघि ६ जना नेपालीलाई निष्कासन गरेको अमेरिकाले यसपटक थप पाँच जनालाई फर्काएको हो। स्रोतका अनुसार, ‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल फिर्ता पठाइएको छ। अमेरिकाले अवैध नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएपछि आप्रवासन नीतिमा कडाइ गरिएको छ। ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशले गैरकानुनी आप्रवासीमाथि धरपकड तीव्र बनाएको छ। यसअघि ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काइएको थियो। अमेरिकाको यो कदमले अवैध रूपमा बस्ने नेपालीहरूको भविष्य अनिश्चित बनेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस