२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपालका लागि थाइ प्रधानमन्त्रीको महत्त्वाकांक्षी सपना

काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटन क्षेत्रमा आफ्नो देशको लगानी वृद्धि हुने बताएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौंमा थाइ एयरलाइन्सको उडान संख्या बढाउन र लुम्बिनीमा सिधा उडानका लागि थाइल्यान्ड सकारात्मक रहेको उल्लेख गरिन्।

उनले नेपालमा ऊर्जा, होटेल र पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन्।

नेपाल–थाइल्यान्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलोपटक नेपाली प्रधानमन्त्रीले गरेको औपचारिक भ्रमण ऐतिहासिक रहेको भन्दै उनले व्यापारिक साझेदारी र ‘कनेक्टिभिटी’ विस्तारबारे छलफल भएको जानकारी दिइन्।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस