२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बालेन निरही ! १०३ दिनपछि कार्यालय फर्किए सरोज गुरागाईं, भोलिदेखि काम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १०३ दिनपछि बिहीबार कार्यालय फर्किएका छन्।

आज अवरोधका बीच कार्यालय प्रवेश गरेका गुरागाईंलाई वडाध्यक्ष, उपमेयर सुनिता डंगोल र कर्मचारीहरूले समर्थन गरेका थिए। सुरुमा महानगर प्रहरीले रोक्ने प्रयास गरे पनि कर्मचारीहरूले नाराबाजी गर्दै उनलाई कार्यकक्षसम्म पुर्‍याए।

आज बसेको बैठकले गुरागाईंले भोलि (शुक्रबार)देखि मात्र सेवा दिन थाल्ने निर्णय गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईं फिर्ता भएपछि महानगर अब प्रमुख प्रशासकीय अधिकृतविहीन रहने छैन। यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि प्रशासनिक काम प्रभावित भएको थियो।

महानगरका कर्मचारीहरू लामो समयदेखि तलब नपाएको भन्दै आक्रोशित थिए। अब सेवा प्रवाह नियमित हुने बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस