२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सकियो कुलमान र हितेन्द्रको सुनुवाइ, आदेशबारे के छ सर्वोच्चको तयारी?

काठमाडौं । मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो।

दिनदिनसम्म चलेको सुनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ। यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग्दै रिट दायर गरेका हुन्।

शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए। सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन्।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस