२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

श्रीमती सम्झेर महिला प्रोफेसरलाई ‘आई लभ यु’, प्रिन्सिपलको चुम्बन काण्डले मच्चायो हंगामा

तस्बिरः एआई

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको अलीगढस्थित एक प्रतिष्ठित कलेजमा प्रिन्सिपलको च्याटले ठूलो विवाद निम्त्याएको छ। कलेजको आधिकारिक व्हाट्सएप समूहमा प्रिन्सिपलले महिला प्राध्यापकको नाम उल्लेख गर्दै ‘आई लभ यु’ लेखेका थिए। त्यससँगै चुम्बन इमोजी पनि प्रयोग गरिएको थियो। च्याट डिलिट गरिए पनि स्क्रिनसट भाइरल भएसँगै कलेजमा हलचल मच्चिएको छ।

सन्देश पोस्ट गरेपछि केही सेकेन्डमै प्रिन्सिपलले उक्त मेसेज मेटाएका थिए, तर त्यसअघि नै समूहका कुनै सदस्यले यसको स्क्रिनसट लिएर सार्वजनिक गरेका थिए। सो सन्देश अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

घटनासम्बन्धी उजुरी उपकुलपति र राज्यपालसमक्ष दर्ता गरिएको छ। उजुरीकर्ताले प्रिन्सिपलमाथि अनुचित व्यवहार र कलेजको मर्यादा भंग गरेको आरोप लगाउँदै स्क्रिनसटसमेत पेश गरेका छन्। उनीहरूका अनुसार यो कार्यले कलेजको प्रतिष्ठामा आँच पुगेको छ र तत्काल अनुसन्धान गरी कारबाही हुनुपर्ने माग गरिएको छ।

प्रिन्सिपलले सफाइ दिँदै भनेका छन्, “मेरो श्रीमतीको नाम पनि सो महिला प्राध्यापकको नाम जस्तै हो। गल्तीले म व्यक्तिगत सन्देश पठाउने ठाउँमा समूहमा पठाइएछ।” यद्यपि आलोचकहरू यो स्पष्टीकरणलाई स्वीकार गर्न तयार छैनन्।

हालसम्म घटनाको औपचारिक अनुसन्धान थालिएको छैन, तर यसले शैक्षिक संस्थाहरूभित्र पनि डिजिटल सञ्चारको मर्यादाका विषयमा गम्भीर बहस उब्जाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस