काठमाडौं । सरकारले भोलि, चैत २४ गते, आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राम नवमीको अवसरमा सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो।

यस निर्णयको अनुसार, सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूमा कामकाज स्थगित हुनेछ र नागरिकहरूले सार्वजनिक छुट्टीको लाभ उठाउने छन्।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार

