२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ६७ पुग्यो, दुर्गा प्रसाईं अझै फरार

काठमाडौं । चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ। हिंसात्मक आन्दोलनका क्रममा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव धवल शमशेर राणासहित ४१ जनालाई सुरुमा पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार, त्यसपछि विभिन्न स्थानबाट थप पक्राउ गर्दै हालसम्म ६७ जनालाई हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

उक्त प्रदर्शनका प्रमुख अभियुक्त मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अझै फरार छन्।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस