काठमाडौं । विश्व शिक्षक महासंघ (एफआईएसई) ले नेपाली शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेको छ। आज एक सूचना निकाल्दै महासंघले शिक्षा आन्दोलनको अग्रपंक्तिमा उभिएर गुणस्तरीय, समतामूलक र सबैका लागि पहुँचयोग्य शिक्षाको वकालत गर्ने नेपाल शिक्षक महासंघ र सबै नेपाली शिक्षकहरूको निरन्तर प्रयासको कदर गरेको जनाएको छ।
साथै, नेपाली शिक्षकहरूको पेसागत सम्मान, राम्रो कामको अवस्था र शिक्षालाई सामाजिक न्यायको माध्यमका रूपमा रूपान्तरण गर्नका लागि भएको संघर्षमा यस ऐक्यबद्धता महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।

राजनीतिक, आर्थिक र भौगोलिक चुनौतीहरू बाबजुद, शैक्षिक सुधार र संघको सक्रियताप्रति नेपाली शिक्षकहरूले गरेको अटल प्रतिबद्धताले समतामूलक र जनकेन्द्रित शिक्षा प्रणालीको लागि महत्वपूर्ण योगदान पुर्याएको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार

