काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति निर्वाचनमा प्रदाप्रसाद मिश्र नेतृत्वको प्यानलले बहुमतसहित विजय हासिल गरेको छ। एमाले र कांग्रेस निकट लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी र समावेशी कानुन व्यवसायी समूहले सबैजसो पद कब्जा गर्दै माओवादी केन्द्र निकट समूहलाई पछि पारेको हो।
अध्यक्षमा मिश्रले अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतले पराजित गरे। महासचिवमा केदारप्रसाद कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी निकट यज्ञमणि न्यौपानेलाई हराए।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशबाट मिश्र प्यानलका उम्मेदवार विजयी भए। ७,९९५ मत खसेको थियो।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

