काठमाडौं । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा हुँदै काठमाडौं ल्याइँदै छ। नेपाल प्रहरीको विशेष टोलीले उनलाई काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याएको हो।
प्रहरी स्रोतका अनुसार झापाबाट विमानमार्फत उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। भारतीय क्षेत्रबाट झापा ल्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए।
राजावादी आन्दोलनका अगुवा प्रसाईं १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर हुन्, जहाँ दुई जनाको ज्यान गएको थियो। त्यसपछि उनी फरार भई भारत पुगेका थिए। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत गएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार

