२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

भारतमा भूकम्प पाकिस्तानसम्म धक्का, मानिसहरुको भागाभाग

काठमाडौं । भारतको जम्मू–कश्मीर क्षेत्रमा शनिबार दिउँसो मध्यम तीव्रताको भूकम्प जाँदा पाकिस्तानसम्म धक्का महसुस गरिएको छ। भूकम्पको झट्का पछि मानिसहरू त्रासमा परी घर र कार्यालयबाट बाहिर निस्किए।

भारतीय अधिकारीहरूका अनुसार दिउँसो १२:३१ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्र पाकिस्तानमा ३३.६३° उत्तरी अक्षांश र ७२.४६° पूर्वी देशान्तरमा, करिब १०–१२ किलोमिटर गहिराइमा थियो।

श्रीनगरसहित जम्मू–कश्मीरका विभिन्न भागमा धक्का महसुस गरिएपछि केही समय अराजकता मच्चिएको थियो। हालसम्म जनधनको क्षतिको कुनै ठोस रिपोर्ट आएको छैन।

यस भूकम्पको प्रभाव पाकिस्तानको रावलपिण्डी, अटोक, चकवाल, मियाँवाली, पेशावर, मरदान, मोहमन्द र शबकदरसम्म देखिएको मिडिया रिपोर्टहरूले जनाएका छन्। पाकिस्तानमा प्रायः भूकम्पका झट्का महसूस भइरहने भए पनि यसपटक भारततर्फ पनि प्रभाव देखिनु गम्भीर विषयको रूपमा लिइएको छ।

स्मरण रहोस्, सन् २००५ मा पाकिस्तानमा गएको विनाशकारी भूकम्पले ७४ हजारभन्दा बढीको ज्यान लिएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस