काठमाडौं। पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्ज–२० स्थित छप्कैया चोकमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो।
झडपलाई लिएर केही व्यक्तिहरू आक्रोशित बनेपछि घटनास्थल नजिकै रहेका केही पसलहरूमा आगजनी गरिएको छ। झडपमा परेर केही स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेत घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि त्यस क्षेत्रको अवस्था हाल तनावग्रस्त रहेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा संयन्त्रले थप सतर्कता अपनाएको र प्रहरीको संख्या बढाइएको जनाइएको छ। झडपको कारणबारे विस्तृत विवरण आउन बाँकी छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार

