काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्रको प्लास्टिक उद्योगमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाका गरी ८ भन्दा बढी दमकलको सहायतामा नियन्त्रणमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले आगलागी कसरी सुरु भयो भन्ने कारण हालसम्म खुल्न नसकेको जानकारी दिए।
उनका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ भने आर्थिक वा अन्य क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार

