काठमाडौं । काठमाडौं महानगरपालिका-६ सिमलटारमा शनिबार दिउँसो प्रहरीले ३ सय १४ एम्पुल डाइजेपाम, ३ सय ८ एम्पुल फेनारगन, ३ सय १० एम्पुल नुर्फिन, २ थान मोबाइल र ५९ हजार ७ सय ५० रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ का ३५ वर्षीय अकुंश तामाङ रहेका छन्।
प्रहरीको संयुक्त टोली, जसमा प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनका कर्मचारीहरू रहेका थिए, जिवन प्रधानको कोठा तलासी गर्दा लागूऔषध फेला परेको थियो।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

