२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

२६ वर्षीया बुहारीमाथि आफ्नै ससुराले गरे सोच्नै नसक्ने अपराध

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१२ सिकरालमा ६१ वर्षीय शम्भु बुढाथोकीले आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

खुकुरी प्रहारबाट पबित्राको मृत्यु भएको खबरपछि प्रहरी चौकी खिम्तीबाट गएको टोलीले उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस