२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

चार दिनका लागि राजमार्ग बन्द, यी हुन् प्रभावित तीन जिल्ला

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत खुलालु–लालीघाट सडकखण्ड जेठ २० गतेदेखि २४ गतेसम्म मर्मतका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिको कामका कारण चार दिन सवारी आवागमन पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

सडक बन्दले कालिकोट, बाजुरा र हुम्लाका यात्रुहरूलाई असर पर्नेछ। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार, गाडीहरू जिते हुल्म र लालीघाटमा रोकिनेछन्, यात्रुलाई त्यहींबाट गन्तव्यमा पठाइने व्यवस्था मिलाइनेछ।

खुलालु–लालीघाट सडकखण्डमा संरचना निर्माणका लागि करिब एक किलोमिटर सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ। सो क्षेत्र साँघुरो र अप्ठ्यारो भएकाले निर्माण सहज बनाउन यस्तो निर्णय गरिएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस