२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

राजा फर्काउने आन्दोलन : चौथो दिनमा बल प्रयोग, कमल थापासहित ७ जना पक्राउ (नामसहित)

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै जारी आन्दोलनको चौथो दिन आइतबार राजधानीमा प्रहरीले बल प्रयोग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा सहित ७ जना नेताहरूलाई पक्राउ गरेको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो। पक्राउ पर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।

उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापना र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन थालेको हो। सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गर्दै सार्वजनिक स्थानहरूमा प्रदर्शनमा रोक लगाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस