२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

मुटु कपाउने घटना: जे`लबाट भागेका सन्तबहादुरले यसरी लिए ३० वर्षीया श्रीमतीको ज्यान!

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट गत भदौ २४ गते भागेका एक जना कैदीबन्दीले आइतबार पनौती घरमा पुगेर आफ्नी श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन्। तामाङ जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका थिए।

उनी जेनजी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित कारागारबाट भागेका थिए। घटना जानकारी पाएपछि पनौती इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थल पुगेको छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस