२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

काठमाडौं चन्द्रागिरिमा ६८ वर्षीया महिलाको ह-त्या : कारण खुल्यो, आमा–छोरा प`क्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या जग्गासँग सम्बन्धित विवादका कारण भएको प्रहरीले जनाएको छ।

सुरुमा छोरा ३२ वर्षीय सरोज थापा पक्राउ परेपछि अनुसन्धानमा उनकी आमा गंगा थापालाई पनि नियन्त्रणमा लिइएको छ। प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सिमाना विवादका कारण हत्या भएको पुष्टि भएको छ।

केसीलाई दाउराको चिर्पटले टाउकामा हानी हत्या गरिएको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस