२०८२ असोज २५ गते शनिवार | 2025 October 11th Saturday

भक्तपुर र ललितपुरबाट नगदसहित १५ जना समातिए

काठमाडौं । भक्तपुर नगरपालिका–२ दुधपाटीस्थित दरबार स्केट हाउसबाट अनिल कोजु सहित ९ जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ। उनीहरूबाट ४७ हजार ६ सय ७५ रुपैयाँ नगद र ३ बुक तास बरामद भएको छ।

त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–२ पात्लेछापस्थित रोशन तामाङको घरबाट रोशनसहित ६ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूबाट ३२ हजार ९ सय ६० रुपैयाँ नगद र १ बुक तास नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सबैको विवरणसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस