२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

भक्तपुरमा ठूलो दुर्घटना : मृतक स्कुटर चालक को हुन् ?

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । भक्तपुरको कमलविनायक बसपार्क नजिक टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

प्रहरीका अनुसार कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर लड्दा स्कुटरसँग ठोक्किएको थियो। त्यसपछि पछाडिबाट आएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ का २६ वर्षीय बिमल वनमालाको उपचारकै क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक भक्तपुर–७ इनाचोकका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन् र ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको छ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस