काठमाडौं । विवाहलाई लिएर एक भयावह घटना घटेको छ । जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । मिडिया रिपोर्टका अनुसार दुई जना दाजुभाइले दुई जना बहिनीलाई विवाह गरेका थिए ।

भएको के भने विवाह भएको राति नै ति दुई दुलहीले गर गहना लिएर फरार भएका हुन् । विवाहको पहिलो रात सुरु हुनुभन्दा ठीक अघि शौचालय जाने बहानामा फिल्मी स्टाइलमा गहना–रूपैयाँ लिएर फरार भएको खुल्न आएको छ । दुलही खोज्दा सुराकसम्म पनि फेला नपारेपछि केटाहरुसहित सिंगो परिवार निराश छ ।

जानकारी अनुसार दुबै दुलहीको माइतीबाट विदा भएर आएको तीन घण्टा पछि बाह प्रहरी चौकी क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फरार भएको खुल्न आएको छ । बाह प्रहरी चौकी क्षेत्रको फेरेरा गाउँ निवासी दुई भाइको बिहीबार सोनभद्रकी दुई दिदीबहिनीसँग विवाह भएको थियो ।

राति ११ बजे तिर बिहे पूरा भयो । त्यसपछि माइतीले दुई छोरी दिएर विदा गर्दिएका थिए । आरोप छ कि दुलहीको भाइले पनि विवाहको लागि एक लाख ६० हजार रूपैयाँ लिएका थिए । रातको एक बजे दुबै दुलहीहरु आफ्नो भर्खर बनेको नयाँ घर अर्थात श्रीमानको घरमा पुगेका थिए ।

राति सुत्ने तयारी हुँदै गर्दा दुलहीले शौचालय जान्छु भनिन् । भर्खर आएकी दुबै बुहारीहरू लिएर सासु शौच गराउन खेतमा गइन् । त्यहाँ एक दुलहीले जुक्ति लगाएर लोटामा ल्याएको पानी पोखिन् । त्यसपछि उनीहरुले सासुलाई फेरि पानी ल्याउनका लागि पठाए । जब सासु पानी लिएर फर्किन्, उनले दुबै बुहारीलाई देखिनन् । उनले आफ्नी दुई बुहारीमाथि केहि अनर्थ त भएन भनेर अनुमान लगाउन सुरु गरिन् ।

बुहारी हराएको कुरा उनले परिवारका सदस्यलाई पनि जानकारी गराइन् । उनीहरुले गाउँलेहरूसँग मिलेर हराएका दुलहीको खोजी शुरू गरे । तर दुबैलाई भेट्ने संकेतसम्म फेला पार्न सकिएन् । दुलहीहरुले लगाएको गहना र रुपैयाँसहित हराएका थिए । त्यसपछि सबैजना लगभग के कुरामा पक्का भए भने उनीहरु आफैं षडयन्त्रपूर्वक भागेका हुन् ।

परिवारले पछि थाहा पायो कि दुलहीहरु भाग्नको लागि पहिलदेखि नै तयार भइसकेका थिए । यसका लागि गाउँ बाहिर गाडी पार्क गरिएको थियो । दुबै दुलहीले केटापक्षलाई माइतीघर पनि ढाटेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु सोनभद्रको नभई अरु कुनै जिल्लाको भएको हुनसक्ने जनाइएको छ ।

अहिले दुलहा र उसको परिवार दुःखी छन् । बुबाले पनि छोरालाई विवाहको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीहरूको घर बसोबास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु