काठमाडौ । सुन्दा अनौठो लाग्छ । तर यो घटनाले सबैलाई सोभ्न बाध्य बनाएको छ ।
बेलायतमा कोभिड–१९ को संक्रमणपछि मृत्युको मुखमा पुगेकी एक नर्सले पुनर्जीवन पाउनुको कारण खुल्दा अहिले सबै चकित बनेका छन् ।
कोभिड–१९ को संक्रमणपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी बेलायतकी ३७ वर्षीया नर्स मोनिका अलमेइडा अहिले खतरामुक्त बनेकी छिन् ।

उनले अहिलेले पुनर्जीवन पाएको अस्पताल स्रोतको दावी छ । सबै उपाय असफल भएपछि सहकर्मी डाक्टरले भिएग्रा दिएर उपचार गरेपछि आफ्नो जीवन बँचेको मोनिकाले द सन पत्रिकालाई बताएपछि अहिले उनी चर्चामा छिन् ।
‘मेरो होस खुलेपछि कन्सल्टेन्टसँग हल्का मजाक भएको थियो किनभने उहाँलाई मैले चिनेकी थिएँ’, मोनिकाले भनिन्, ‘उहाँले भिएग्रालाई औषधिको रुपमा प्रयोग गरेको बताएपछि म हाँसे र मजाक गरेको ठानेकी थिए तर उहाँले साँच्चै नै भिएग्राको धेरै डोज दिएको बताउनु भयो ।’ भिएग्रा यौनवद्र्धक औषधि हो ।
लिङ्कनशायरस्थित एक स्वास्थ्य केन्द्रमा काम गर्दा मोनिकालाई कोभिड संक्रमण भएको थियो । अक्टोबरमा कोभिडबाट संक्रमित भएकी उनले संक्रमण भएको चौथो दिनमा खानाको स्वाद र गन्ध पाएकी थिइनन् भने खोक्ने क्रममा खराकमा रगत देखिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा घटेपछि अर्को दिन अस्पताल गएकी मोनिकालाई कुनै उपचार नगरिकनै औषधि मात्रै दिएर डिस्चार्ज गरिएको थियो ।
तर अस्पतालबाट घर आएको २ घण्टाभित्रै सास फेर्न समस्या भएपछि उनी लिङ्कन काउन्टी हस्पिटलमा गइन् र अस्पताल पुगेलगत्तै उनलाई अक्सिजन कक्षमा लगिएको थियो ।
मोनिकाको शरीरमा अक्सिजनको मात्रा सामान्य तहमा पुर्याउन स्वास्थ्यकर्मीले निकै कसरत गरेका थिए ।
तर उनको अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गएपछि नोभेम्बर १६ गते अचेत हुन पुगेकी थिइन् ।
मोनिका अचेत भएपछि उनका बाबुआमालाई अन्तिम बिदाईका लागि पोर्चुगलबाट इङल्याण्ड आउन भनिएको थियो ।
यसैबीच, उनको उपचार गरिरहेका डाक्टरले बचाउने आशा हराउँदै गएपछि अस्वभाविक उपचार विधि प्रयोग गर्ने निधो गरे । यसै क्रममा उनलाई यौन क्षमता बढाउने भिएग्रा दिएर उपचार गर्न थालियो ।
भिएग्रा दिएर उपचार गरेपछि मोनिकाको अवस्था सुधार हुँदै आयो र डिसेम्बर १४ गते उनको होश खुल्यो ।
त्यसपछि उनलाई क्रिसमसको अघिल्लो दिन घर जान दिइयो । ‘यो कुरा मेरा लागि सानो क्रिसमस चमत्कार जस्तै बन्यो’, मृत्युको मुखमा पुगेर बाँचेकी मोनिकाले भनिन् ।
‘भिएग्राले नै मेरो जीवन बँचेको हो’, मोनिकाले थपिन्, ‘४८ घण्टाभित्रै यसले मेरो श्वासप्रश्वास मार्ग खोल्यो र मेरो फोक्सोले काम गर्न थाल्यो ।’
स्मरणीय छ, भिएग्रा प्रयोग गरेपछि शरीरका रक्तनली सफा हुने र श्वासप्रश्वास नली खुल्ने भएकाले यसलाई कोभिड संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न सकिने तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।
शरीरमा अक्सिजनको मात्रा बढाउने नाइट्रिक अक्साइड झैं भिएग्रालाई प्रयोग गर्न सकिने वा नसकिने भनेर हाल अनुसन्धान भइरहेको छ । तर चिकित्सकको सल्लाह बाहेक यसको प्रयोग पूर्ण रुपमा निषेध छ । एजेन्सीको सहयोगमा
आजका चर्चित पोष्टहरु लिंक मा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।
- दुर्घटनामा १९ जनाको मृत्यु : मोटरसाईकलमा चढेका ३ जनाको घटनास्थलमै मृत्यु
- सानै उमेरमा अर्बपति भएकी महिलाको हृदयघातबाट अल्पायूमा नै निधन
- पुस २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द
- जसले वीमा गर्छ उसलाई शारीरिक सम्पर्कको सेवा, यसरी पर्दाफास भयो डरलाग्दो व्यापार
- ‘म ५६ बर्षको भए श्रीमतीलाई धेरै माया गर्छु’ तर उनले शारीरिक क्रिया गर्नै दिन्नन् : म के गरौ ?
- नयाँ बर्षको स्वागत गर्दा ३ सहर खरानी, भीषण आगलागीले ६ सय घर नष्ट, ३६ हजार मानिस फसे
- निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट, पक्राउ परे अली
- ३० वर्षको उमेरपछि आमा बन्न चाहनुहुन्छ भने यी ५ कुरामा ध्यान दिनुहोस्
- जब गृहमन्त्रीले राजा वीरेन्द्र ‘वंशनाश’ को छानबिन फाइल खोतल्न प्रस्ताव गरे तब प्रचण्ड…

