काठमाडौं । सानै उमेरमा अर्बपति भएकी एक महिलाको अल्पायूमा नै निधन भएको छ ।

सोशल कम्युनिटी प्लेटफर्म ‘पंखुडी’ र घर भाडामा दिने स्टार्टअप ‘ग्राभहाउस’ जस्ता स्टार्टअपकी संस्थापक पंखुडी श्रीवास्तवको निधन भएको हो ।

झाँसीमा जन्मिएकी ३२ वर्षीया अर्बपति उद्यमी महिला पंखुडी श्रीवास्तवको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ ।

पंखुरी श्रीवास्तवको हृदयघातका कारण निधन भएको हो । उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिइन् ।

क्मपनीले ट्विटरमा जारी गरेको शोक सन्देशमा भनिएको छ, ‘हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पंखुडी श्रीवास्तवको २४ डिसेम्बरमा अचानक हृदयघातका कारण निधन भयो ।’

उनका बुबा र कान्छो भाइ बेङ्गलोरमा छन् । डिसेम्बर २४ मा हृदयघातका कारण उनको निधन भएको थियो । शवलाई झाँसी ल्याइयो र २६ डिसेम्बरमा अन्तिम संस्कार गरियो ।

पंखुडी श्रीवास्तवले आफ्नो बाल्यकालका साथी, काजू व्यवसायी आदित्यराज शर्मासँग २ डिसेम्बर २०२० मा झाँसी नजिकैको ओरछाको एउटा होटलमा विवाह गरेकी थिइन् । २ डिसेम्बर, २०२१ उनको विवाहको पहिलो वार्षिकोत्सव थियो ।

कान्छो भाइले बहिनी मुम्बई पुगेपछि बस्नको लागि फ्ल्याट चाहिएको सुनाए । उनले भाडामा फ्ल्याट पाउन धेरै कठिनाइको सामना गर्नुपरेको थियो ।

दलालहरूलाई चर्को शुल्क तिर्नुपरेको अनुभव उनीसँग थियो । त्यसपछि घर भेटियो ।

फल्याट खोज्दा हरुबाट ठगिएकी उनको दिमागमा घरजग्गा सम्बन्धी कम्पनी किन नखोल्ने भन्ने कुरा आयो । ठूला शहरमा मानिसहरूले घर पाउन धेरै संघर्ष गर्नु नपरोस् भनेर उनले कम्पनी शुरू गरेकी थिइन् ।

उनले २० हजार रुपैयाँमा २०१२ मा ग्राभहाउस कम्पनी खोलेकी थिइन् । कम्पनीले यति धेरै लोकप्रियता हासिल गर्यो कि त्यसको वार्षिक कारोबार लगभग भारु ७२० करोड रुपैयाँ पुग्यो । उनलाई रतन टाटाले डिनरमा निम्तो दिएका थिए ।

सन् २०१६ मा नगद र इक्विटी सम्झौतामा अनलाइन क्लासिफाइड कम्पनी क्विकरलाई बेचेकी थिइन् ।

आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्

सम्बन्धित खबरहरु