काठमाडौं । आज पनि रोजगारीका लागि लाखौंको संख्यामा नेपालीहरु संयुक्त राज्य इमिरेट्स (यूएई) मा रहेका छन् ।
यो बीचमा त्यहाँका राजकुमार मोहम्मद विन जायद अल नाहयानले नेपालीहरुका लागि विशेष सन्देश दिनु भएको छ ।
उहाँले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन भन्नु भएको हो ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसँग भएको भेटमा उहाँले यस्तो बताउनुभयो । यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान रहेको पनि उहाँको भनाई थियो ।
नेपालीको योगदानको कदर गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । राजदूत ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा उहाँले भन्नुभयो, ‘नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू ।
नेपालीलाई परेको अप्ठ्यारोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’ तपाईंलाई जानकारी गराउ कि सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रिएएको थियो ।
त्यस समयदलेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आउनु भएको छ ।
यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उहाँ आफैं सक्रिय रहने गर्नुभएको छ । उहाँ यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुनुहुन्छ ।
आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।
- आर्थिक राशिफल : यी राशिमा आम्दानी बढ्ने, ४ राशिलाई नोक्सानी -२०७८ पुस २२ गते, बिहीवार
- सरकारी कर्मचारी बनेपछि हेमराजको करोडौँ सम्पत्ति : ३२ स्थानमा घरजग्गा, १९ बैंकमा रकम
- आर्थिक राशिफल : यी राशिमा आम्दानी बढ्ने, ४ राशिलाई नोक्सानी -२०७८ पुस २२ गते, बिहीवार
- यूएईका राजकुमारको त्यहाँ रहेका नेपालीका लागि विशेष सन्देश : अप्ठ्यारो परे सिधै मसँग आउँनु
- यी ४ नाम भएका केटीहरुसँग जो कोही केटा बन्नेछन् फिदा, हुन्छ आकर्षक व्यक्तित्व

