२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

आज वरद चतुर्थीको दिन भगवान गणेशको यो महामन्त्रको जप गर्नुहोस्, पूरा हुनेछन् मनोकामना

धार्मिक ब्यूरो । भगवान गणेशलाई बुद्धि दिने र पहिलो पूजा गर्ने देवताको रुपमा मानिन्छ। प्रत्येक महिनाको दुवै पक्षमा पर्ने चतुर्थीमा गणेशको पूजा गरिन्छ ।

पौष शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थी वा वरद चतुर्थी भनिन्छ। आज विनायक चतुर्थी मनाइँदैछ ।

यस दिन विधिपूर्वक पूजा गर्नाले गणेश भगवान प्रसन्न हुन्छन्, साथै यस दिन गणेशजीको यो महामन्त्रको जप गर्नाले विशेष पुण्य लाभ हुन्छ ।

गणेश चतुर्थीमा यस विधिले पूजा गर्नुहोस्

  • पूजा गर्नुअघि सफा लुगा लगाउने ।
  • गणेशको तामा वा माटोको मूर्ति लिनुहोस्।
  • कलशमा पानी भरेर मुखमा नयाँ कपडा बाँध्नुहोस्। त्यसपछि गणेश भगवानलाई माथि राख्नुहोस।
  • गणेश भगवानलाई सिन्दुर, दुर्वा, घिउ चढाएर २१ वटा मोदक चढाएर विधिवत पूजा गर्नुहोस्।
  • अन्त्यमा गरिब र ब्राह्मणहरूलाई लड्डूको प्रसाद बाँड्नुहोस्।

गणेश भगवाानको यो महामन्त्र को जप गर्नुहोस्
प्रातर्नमामि चतुराननवन्द्यमानमिच्छानुकूलमखिलं च वरं ददानम्|
तं तुन्दिलं द्विरसनाधिपयज्ञसूत्रं पुत्रं विलासचतुरं शिवयो: शिवाय||
प्रातर्भजाम्यभयदं खलु भक्तशोकदावानलं गणविभुं वरकुञ्जरास्यम्|
अज्ञानकाननविनाशनहव्यवाहमुत्साहवर्धनमहं सुतमीश्वरस्य||

गणेश भगवानलाई यी चीजहरू चढाउनु पर्छ
गणेश भगवानको पूजा गर्दा स–साना कुरामा ध्यान दिनुहोस्। पूजा गर्दा गणेशजीलाई मन पर्ने मोदक, दोस्रो दुर्वा र तेस्रो घिउ यी तीनवटै वस्तु चढाउनुपर्छ ।

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार