
काठमाडौं । एउटै परिवारका ९ जनाको लाश फेला परेपछि सबै हैरान भएका छन् ।
भारत, महाराष्ट्रको सांगली जिल्लाबाट एक सामूहिक आत्महत्याको घटना बाहिर आएको हो । त्यहाँ दुई घरमा ९ जनाको शव फेला पारियो ।
मृतक सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । घटना सोमबार (जुन २०) दिउँसो बाहिर आएको थियो ।
ऋणको बोझ थेग्न नसकेर परिवारका सदस्यले यस्तो कदम चालेको प्रहरीको आशंका छ ।
आजतकको रिपोर्ट अनुसार उनीहरु सबैले विष पिएर आत्महत्या गरेका छन् । एक घरबाट ६ र अर्को घरबाट तीन जनाको शव फेला पारिएको थियो ।
मिरज तालुकको अम्बिका नगर चोकमा यस्तो दर्दनाक घटना देखा परेको हो । जानकारी अनुसार डा. भानमोरको परिवार त्यहाँ एउटा भवनमा बस्थे । यो परिवारको एउटा घर अम्बिका नगर र अर्को राजधानी छेउमा छ ।
प्राप्त जानकारी अनुसार सोमबार बिहानदेखि दुवै घरको ढोका खुलेका थिएनन् । छिमेकीलाई आत्महत्या गरेको कुरामा शंका लागेपछि उनीहरु त्यहाँ पुगे र घरको ढोका खोलेँ ।
भित्र हेर्दा एउटा घरमा ६ जनाको शव र अर्को घरमा ३ जनाको शव फेला पारियो । त्यसपछि, छिमेकीले यसबारे प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि तत्कालै प्रहरीले घटनास्थल पुगेर सम्पूर्ण घटनाको अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धानमा यो परिवार आर्थिक समस्याले नराम्ररी घेरिएको पाइएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
ऋणको बोझका कारण परिवारका सबै सदस्यहरु निकै तवानमा थिए । प्रहरीका अनुसार उनीहरुलाई ऋण तिर्न निकै दबाब थियो । सोही कारणले गर्दा परिवारले आत्महत्याको बाटो रोजेको बताइन्छ । प्रहरीले घटनास्थलबाट एउटा सुसाइड नोट पनि फेला पारेको छ, जसमा ऋणको कुरा उल्लेख गरिएको छ ।
इन्डियन एक्सप्रेसको समाचार अनुसार घटनाको जानकारी दिँदै मिराज डिभिजनका डीएसपी अशोक विरकरले भने, ‘हामीले सुसाइड नोट फेला पारेका छौं । मृतक सबै ९ जना दुई दाजुभाइका परिवारका थिए । एक भाइ पशु चिकित्सक र अर्को शिक्षक थिए । सबै म्हैसालमा बस्दै आएका थिए ।’ सबै प्रारम्भिक प्रमाणहरूले यी मृत्युहरू सामूहिक आत्महत्याको परिणाम भएको बताउँने उहाँले जानकारी गराउनुभयो ।
अहिले यसका कारणबारे अनुसन्धान सुरु गरिएको छ । डीएसपी विरकरले भन्नुभयो, ‘परिवारमा आर्थिक दबाब परेको आशंका गरेका छौं ।’ आत्महत्या गर्नेहरुमा ५२ वर्षीय पोपट यल्लाप्पा भनमोर, ४८ वर्षीया संगीता पोपट भानमोर, ३० वर्षीया अर्चना पोपट भानमोर, २८ वर्षीय शुभम पोपट भानमोर, ४९ वर्षीय माणिक यल्लाप्पा भानमोर, ४५ वर्षीया रेखा माणिक भानमोर रहेका छन् । यस्तै, १५ वर्षीय आदित्य माणिक भानमोर, २८ वर्षीया अनिता मानिक भान्मोर र ७२ वर्षीया अक्काताई भानमोरले पनि आत्महत्या गरेका छन् । उनीहरुको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने अधिकारीहरुले बताएका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!