काठमाडौं । विश्वभर एक महिला पाइलटको चर्चा भइरहेको छ ।

स्पाइसजेटको विमानकी पाइलट क्याप्टेन मोनिका खन्ना खुबै चर्चामा छिन् ।

उनको बहादुरी र सीपको प्रशंसा हुँदैछ । मोनिकाले १९१ यात्रुको ज्यान बचाएर विमानलाई सकुशल अवतरण गराएकी थिइन् ।

वास्तवमा भारत, बिहारको पटनामा आइतबार ठूलो विमान दुर्घटना हुनबाट बच्यो । उड्ने क्रममा विमानको इन्जिनसँग चरा ठोक्किएपछि विमानमा आगो लागेको थियो । त्यसपछि एउटै इन्जिनले आकस्मिक अवतरण गराइयो ।

प्राप्त जानकारी अनुसार पाइलट क्याप्टेन मोनिकाले स्पाईसजेट बोइङ ७२३ को उडान भर्दै थिइन् । आगलागी भएको थाहा पाएपछि उनले सुझबुझ देखाएर आगो लागेर प्रभावित इन्जिन बन्द गरिन् ।

उनको यो कदमका कारण झण्डै २०० जना सवार विमान ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।

स्पाइसजेटले आफ्नो विज्ञप्तिमा क्याप्टेन मोनिका खन्ना र उनीसँग सेवा गरिरहेका बलप्रीत सिंह भाटियाले दुर्घटनाको समयमा चलाखीपूर्वक काम गरेर ठूलो दुर्घटना टारेको बताएको छ । मोनिकाले नआत्तिएर परिस्थितिलाई सम्हालेकी थिइन् । स्पाइसजेटले भनेको छ, ‘उनी अनुभवी अधिकृत हुन् । हामी उनीहरूमाथि गर्व गर्छौं ।’

यो विमान पटनाबाट दिल्लीका लागि उडेको थियो । सोही क्रममा आगलागी भएको हो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

स्थानीयले देखेपछि तत्कालै जिल्ला नियन्त्रण कक्षलाई खबर गरेँ । एटीसी टावरमा बसेका प्राविधिकहरूले पनि विमानमा आगो लागेको देखेपछि तत्कालै पाइलटलाई खबर गरेका थिए । विमानलाई पटना विमानस्थलमा अवतरण गर्न निर्देशन दिइएको थियो ।

त्यसपछि पाइलट क्याप्टेन मोनिका खन्नाले आफ्नो सुझबुझ देखाएर दोस्रो इन्जिनको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराइन् । यो विमानमा १८५ यात्रुसहित १९१ जना सवार थिए । तीमध्ये दुई बालबालिका पनि सवार भएको बताइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु