काठमाडौं । नेकपा (एमाले) एक बर्षमा तीन टुक्रा भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक घोषणा गर्दै बस्नुभएका एमाले नेता बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने निश्चित भएको छ ।

योसँगै एमाले तीन चोईटामा टुक्रिएको छ । माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेर अलग भएको एक बर्ष नपुग्दै बामदेवपनि भिन्न हुन लाग्नुभएको छ ।

यता झलनाथ खनाललेपनि अहिलेको दल नेकपा (एस) सँग चित्त दुखाई रहनुभएको छ । उहाँलेपनि अर्को समूह बनाउँने वा अरु दलमा जाने गृहकार्य गरिरहेको बुझिएको छ ।

यता नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका उहाँ बेला–बेला कम्युनिस्ट एकताका लागि काम गर्ने बताउने गर्नुहुन्छ ।

अहिले भने उहाँले नेकपा एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेको प्रतिक्रिया दिनुभएको छ । बामदेव गौतमकी श्रीमती तुलसा थापा भने नेकपा एमालेमा हुनुहुन्छ । उहाँ त्यही अहिलेपनि सांसद हुनुहुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु