saraswati bhattarai२९ साउन ।

नेपालकी सरस्वती भट्टराई रियो ओलम्पिकको पहिलो चरण हिटबाट बाहिरिएकी छन् । रियो ओलम्पिक अन्तर्गत १५ सय मिटर मध्यम दूरीको दौडमा निर्धारित दूरी चार मिनेट ३३ दशमलव ९४ सेकेण्डमा पूरा गरिन् ।

४१ जना खेलाडी रहेको स्पर्धामा सरस्वती ३७ औं स्थानमा रहिन् । हिट १ मा रहेकी सरस्वती यो समूहमा भने १३ औं स्थानमा रहिन् ।

राष्ट्रिय कीर्तिमान
पहिलो चरणबाटै बाहिरिए पनि सरस्वतीले राष्ट्रिय कीर्तिमान भने बनाउन सफल भइन् । शनिबार बिहान भएको प्रतिस्पर्धामा उनले चार मिनेट ३३ दशमलव ९४ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

उनले राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सम्बन्धित खबरहरु