२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

विश्व विजेता वेस्ट इन्डिजविरुद्ध नेपालको चौथो सफलता

Nepali Cricket team

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले चार विकेट गुमाइसकेको छ। ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै दोस्रो विकेट गुल्सन झाले लिएका छन्। गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका छन्। त्यतिबेला वेस्ट इन्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको थियो। दुई छक्का, दुई चौका सहित ४२ बलमा ३२ रन जोडेका ब्रान्डन किङलाई सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा आउट गराए । ९४ बलमा ११५ रन बनाउँदै सतक बढीको स्कोर बनाएका निकोलस पूरनलाई दिपेन्द्रसिंह ऐरीले आउट गराए ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस