२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

थाइल्याण्ड, सिंगापुर, मलेसिया हुँदै हङकङ पुगे पल शाह, साथमा गायिका अस्मिता अधिकारी

paul shah with asmita adhikari

काठमाडौं । अभिनेता पल शाह विस्तारै व्यस्त हुन थालेका छन् । नाबालिग करणीको अभियोगमा सफाई पाएपछि उनी अहिले देशसँगै विदेशी दौडाहा छन् । एक हप्तामा नै पल शाह थाइल्याण्ड, सिंगापुर, मलेसिया हुँदै हङकङ पुगेका छन् । उनीसँग चर्चित मोडेलहरुसहित अन्य कलाकारहरुपनि छन् । नेपालबाट उनी थाइल्याण्डको ब्याङ्कक उडे । त्यहाँ केही सांस्कृतिक कार्यक्रम र घुमफिरपछि उनी सिंगापुर पुगे । सिंगापुरमा एक चर्चित होटल अगाडि कार नजिक उभिएर उनले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सिंगापुरबाट उनी प्रियसी म्युजिक प्रा.लि.को आयोजनामा मलेसियाको क्वालालाम्पुरमा भएको दोस्रो सिल्भर अन्तरास्ट्रिय संगीत सम्मान तथा विविध साँस्कृतिक कार्यक्रममा भाग लिन मलेसिया पुगे । कार्यक्रममका लागि नेपालबाट अभिनेता पल शाह, मोडल केशव भुसाल, गायक एस कुमार, चलचित्र निर्माता तथा गायक बिक्रम जंग शाह, मध्यपुर ठिमी नगरपालिका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरीलगायत थाइल्याण्ड सिंगापुर हुदै मलेसिया गएका थिए ।

पुरीको सभापतित्व एबं मलेशियाका लागि नेपाली राजदूत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा मध्यपुर थिमी नगरपालिका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र एनआरएन मलेशियाका अध्यक्ष बिनोद थापा रहेका थिए । उक्त समारोहमा लाइभ टाइम एचिभमेन्ट अवार्ड लोकगायक नवराज घोरासैनीलाई प्रदान गरिएको थियो ।

मनोरञ्जन पत्रकारिता तर्फ थानेस्वर अधिकारी सम्मानित हुँदा कला सम्मान बाट मोडेल अमन श्रेष्ठलाई सम्मान गरिएको थियो । मलेशियाका स्थानीय गायिका लिम सिस्टर सहित गायक घमेश दुलाल, नबराज घोरासैनी, लक्ष्मण श्री, पल्मु शेर्पा, निमा पाख्रीन लामा, आशा लामा लगायतले प्रस्तुति दिएका थिए ।

कार्यक्रम सकेर पल शाह हङकङ तर्फ उडेका छन् । नेपाल एयरलाइन्सको विमानबाट हङकङ उडेको सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् । उनका साथमा चर्चित गायिका अस्मिता अधिकारीपनि देखिएकी छिन् । पलले Traveling to Hong-Kong with Nepal Airlines 🇳🇵 #hongkong #NepalAirlines #AshmitaAdhikari लेखेर गायिका अस्मिता अधिकारीसँगको तस्बिर पोष्ट गरेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस