२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

मेहेन्दीको तस्बिर सेयर गर्दै पूर्व बैंकर प्रियांकाकी सासु रविनाले भनिन् : जीवनको यो यात्रामा अब एक्लै छैन

rabina deshraj joshi second marriage

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छिन्। श्रेष्ठले सामाजिक सञ्जालमा मेहेन्दीको तस्बिर सेयर गर्दै विवाहको तयारी गरिरहेको पुष्टि गरेकी हुन्।

उनले तस्बिर सेयर गर्दै आफ्नो व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिना अघि सुरु भएको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो अहिलेसम्मको यात्रा यस्तै थियो। अब मलाई थाहा छ कि म जीवनको यो यात्रामा एक्लै छैन। मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहने छन्।

उनले आफ्नो यो यात्रा छोराछोरीको साथ र समर्थनले थप पूर्णता दिएको पनि बताएकी छिन्। रविना विगत केही समयदेखि स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग प्रेम सम्बन्धमा छिन्। यी दुईले गत भ्यालेन्टाइन्स डेमा इन्गेजमेन्ट गरेका थिए।

सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन्। केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन्।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस