२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बच्चा जन्माउन अमेरिका लागिन् रेखा थापा, माघमा डेलिभरी, ५ महिना उतै बस्ने

काठमाडौं । अभिनेत्री रेखा थापा सन्तान जन्माउने योजनासहित अमेरिकातर्फ पलायन भएकी छिन । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगेकी हुन । अभिनेत्री थापाले शनिबार बिहान श्रीमानको जन्मदिन मनाएका तस्विर पनि अमेरिकाबाटै पोस्ट गरेको पाइएको छ । थापाका अनुसार अमेरिकामा ‘बेबी प्लान’ उनको भन्दा पनि श्रीमानको चाहनामा हुँदैछ ।

तपाईंलाई जानकारी गराउ बलरामको परिवार अमेरिकामा नै बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेकी थिइन । ती तस्विर अहिले केही अनलाइन सञ्चारमाध्यममा भाइरल भएका छन । रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस