२०८१ जेष्ठ ४ गते शुक्रवार | 2024 May 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटनामा कर्मचारीको निधन भएपछि बकैया गाउँपालिकामा आज सार्वजनिक विदा

हेटौडा । मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । बकैया गाउँपालिकामा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनको शोकमा गाउँपालिकाले मंगलबार विदा दिने निर्णय गरेको हो ।

बकैया गाउँपालिका–५ मा गएको शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बकैया–५ को भडौराका ३५ वर्षीय बजगाईँको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस