२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

भोलीदेखि प्रदर्शनमा आउन लागेको ‘एक्टर टेक वन’माथि रोक (आदेशसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ। अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतको आदेशको जानकारी दिए। न्यायाधीश ढाकाराम पौडेलको इजलासले मंगलबार सो आदेश जारी गरेको हो।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको देखिएकोले उक्त छलफलको अवधिसम्म ‘एक्टर : टेक वन’लाई प्रदर्शन नगर्नु भनी चलचित्र विकास बोर्डलाई आदेश दिइएको छ।’

निर्माताहरूले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न रिट दायर गरेका थिए। रिटमा प्रतिलिपि अधिकार उल्लंघनको आरोप र उचित क्षतिपूर्तिको माग गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस