२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आफ्नो नाममा यस्तो धन्दा फैलिएपछि चर्चित गायिका दुलालले मागिन् सहयोग

काठमाडौं । चर्चित गायिका सुनिता दुलालले आफ्नो नाममा नक्कली टिकटक अकाउन्ट खोलेर पैसा मागिने घटनाबारे प्रशंसकलाई सचेत गराएकी छन्। सुनिताले सो अकाउन्टको स्क्रिनसट पोस्ट गर्दै प्रशंसकलाई उक्त नक्कली अकाउन्ट रिपोर्ट गर्ने अपिल गरेकी छन्।

उनले लेखेकी छिन्, ‘सावधान! कृपया होसियार रहनुहोस्। मेरो नाम प्रयोग गरेर नक्कली टिकटक अकाउन्ट खोली पैसा माग्ने काम भएको छ। सबै शुभचिन्तकहरूले यसलाई रिपोर्ट गर्न मद्दत गर्नुहोस्।’

 

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस