२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

ममता कुलकर्णीलाई महामण्डलेश्वर पदबाट हटाइयो, कारण के हो?

किन्नर अखाडाले अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वर पदबाट हटाएको छ भने, उनलाई नियुक्त गर्ने लक्ष्मीनारायण त्रिपाठीको आचार्य महामण्डलेश्वर पद पनि खोसिएको छ।

ममता कुलकर्णीलाई २४ जनवरीमा ‘श्री यमाई ममता नन्दिनी गिरी’ नाम दिँदै महामण्डलेश्वर बनाइएको थियो, जसमा अखाडाभित्रै विवाद उत्पन्न भएको थियो। किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले महिलालाई यस्तो पद दिनु अखाडाको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका थिए।

अजय दासले लक्ष्मीनारायण त्रिपाठीलाई ‘सनातन धर्म र राष्ट्रहितविपरीत कार्य गरेको’ आरोप लगाएपछि उनलाई पदबाट हटाइएको हो। त्रिपाठीले भने अजय दासलाई नै अखाडाबाट निष्काशन गरिएको दाबी गरेका छन्।

ममता कुलकर्णीले आफू लामो समयदेखि आध्यात्मिक जीवन बाँचिरहेको बताउँदै महामंडलेश्वर पदको औचित्य पुष्टि गर्ने प्रयास गरेकी छन्।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस