२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

सैफ अली खान प्रकरण : आरोपितलाई लिएर अदालतले दियो यस्तो आदेश

Saif Ali Khan case

अभिनेता सैफ अली खानमाथि चक्कु प्रहारको प्रकरणमा आरोपी मोहम्मद शरीफुल इस्लाम शहजादलाई मुम्बईको बान्द्रा होलिडे अदालतलले २४ जनवरीसम्म प्रहरी हिरासतमा पठाएको छ।

आरोपीका वकिल सन्दीप शेखानेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, “उनीलाई पाँच दिनको लागि प्रहरी हिरासतमा दिइएको छ र उनीहरूलाई पाँच दिनभित्र रिपोर्ट बुझाउन भनिएको छ।”

शहजादका वकिलका अनुसार, उनी बंगलादेशी नभएर सात वर्षभन्दा बढी समयदेखि भारतमा बस्दै आएका थिए। उनले अगाडि भने, “परिवारको दबाबका कारण उनी यहाँ आउन सकेका छैनन्, तर जमानतको समयमा आउनेछन्।”

त्यस्तै, उनले यो घटना ४३ए को स्पष्ट उल्लंघन भएको र उचित अनुसन्धान नभएको दाबी गरे। बिहीबार बिहान सैफ अली खानमाथि उनका बान्द्रास्थित घरमा चक्कु प्रहार भएको थियो, जसपछि उनलाई घाइते अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस