२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन्

After breaking up with Bishnu Alina said - I don't want to remember that love

गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। चौहानले मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गर्न चाहेको बताउँदै फिरादपत्र दर्ता गराएकी छन्।

एलिना र विष्णु सापकोटाले गत वैशाखमा विवाह गरेका थिए। एलिना विवाहपछि अस्ट्रेलिया गएकी थिइन्, तर दशैंअघि नेपाल फर्केर रेकर्डिङ र मेला-महोत्सवमा व्यस्त भइन्।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस