२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

२ दशकपछि रामकृष्ण ढकालले दिए फ्यानलाई यस्तो खुसीको खबर

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले २ दशकपछि नेपाली फिल्ममा पुनरागमन गर्ने भएका छन्। तर, यसपटक उनी अभिनेताका रूपमा होइन, निर्माता भएर फर्किंदै छन्।

ढकालले निर्माण गर्न लागेको फिल्मको नाम ‘मालती मंगले’ राखिएको छ। यो फिल्म रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा बन्नेछ, जुन उनकी छोरी रानी ढकालको नाममा दर्ता गरिएको छ।

फिल्मको निर्देशन प्रकाश पाण्डेले गर्नेछन् भने, निर्माण लागत १ करोड रुपैयाँ निर्धारण गरिएको छ। ढकालले फिल्मका लागि निर्माण इजाजत समेत लिइसकेका छन्।

रामकृष्ण ढकालले २० वर्षअघि ‘आशीर्वाद’ फिल्ममा अभिनय गरेका थिए, जुन उनको बायोपिक मानिन्छ। संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका ढकालको नयाँ फिल्मको कथावस्तु खुलाइएको छैन। तर, नाम ‘मालती मंगले’ भएकाले यसले माधव घिमिरेको चर्चित काव्यसँग सम्बन्ध राख्न सक्ने अनुमान गरिएको छ।

उनको फिल्मबारे थप जानकारी आउन बाँकी छ, तर फ्यानहरूका लागि यो खबर निश्चित रूपमा उत्साहजनक बनेको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस