चर्चित गायिका ज्योति मगरले केही दिनमा आफ्नो जवानीको उद्घाटन हुने जानकारी सार्वजनिक गरेकी छन्। उनले यो जानकारी सामाजिक सञ्जालमार्फत दिइन्। निर्देशक र मोडल सुनिल क्षेत्रीले पनि केही दिनमा गायिका मगरको जवानीको उद्घाटन हुने कुरा पोस्ट गरेका थिए, जसलाई ज्योति मगरले सेयर गरेकी छिन्।
साथै, क्षेत्रीले आफ्नो नयाँ लुक सार्वजनिक गर्दै भनेका छन्, ‘तिम्रै हु म किन मान्छौ सरम मायालु।’ उनीहरू अहिले नयाँ म्यूजिक भिडियोमा काम गरिरहेका छन्।
यस गीतलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले रोचक प्रतिक्रिया दिइरहेका छन्। एकजना लेख्छन्, ‘रिबन चाहीं अमला बाबाट काट्नु पर्छ।’ कतिपयले भने, ‘रिबन काट्न मलाई बोलाऊनु’ भनेर कमेन्ट गरेका छन्। अर्काे प्रयोगकर्ताले भने, ‘नयाँ गीतका लागि शुभकामना!’
तर, केही प्रयोगकर्ताले भने, ‘गीत पनि के हो फेरि, उद्घाटन भने कसले गर्ने?’ भनेका छन्।


