२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

हाउडेमाया भन्छिन् : कदर नहुने ठाउँमा बस्नु घातक, आफूलाई बलियो बनाएर एक्लै जिउनुहोस्

गायिका एलिना चौहानको सम्बन्ध विच्छेदको खबरले कला क्षेत्र स्तब्ध छ। चर्चित गायिका सिर्जना खत्री ‘हाउडेमाया’ ले पनि यसलाई दुःखद भन्दै टिप्पणी गरेकी छिन्।

सामाजिक सञ्जालमा एलिनाको पोस्ट सेयर गर्दै खत्री लेख्छिन्, ‘सुन्दा दुख असाध्य लाग्यो 😢 तर जुनसुकै सम्बन्धमा पनि खुशी नहुने हो भने जबरजस्ती बस्नु घातक हुन्छ। स्वतन्त्र हुन दिनुहोस् जहाँ तपाईंको कदर हुँदैन। बरु आफूलाई बलियो बनाएर एक्लै जिउन सिक्नुहोस्।’

कामको कुरा गर्दा गायिका खत्री पछिल्लो समय विभिन्न मेला महोत्सवमा व्यस्त छिन्। उनले गाएका ‘नौटंकी माया, मेरो एक्सको छम्मा डबल माया, शिकारी नारी’ लगायतका गीत चर्चामा छन्।

गायिका चौहानले विष्णु सापकोटासँग औपचारिक रूपमा अलग भएको जानकारी दिइन्।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस