२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

खाडीका प्रमुख देशमा नेपाली फिल्म ‘दुखी आत्मा’ प्रतिबन्धित

काठमाडौं ।  युएईले नेपाली फिल्म ‘दुखी आत्मा’ लाई सेन्सर पास नगरी प्रदर्शनमा प्रतिबन्ध लगाएको छ। बहराइनले पनि युएईकै मिडिया कन्टेन्ट मापदण्डअनुसार फिल्म देखाउने अनुमति दिएको छैन।

निर्देशक दीपेन्द्र लामाका अनुसार, ‘एडल्ट’ कथावस्तुका कारण फिल्मलाई युएईले अनुमति नदिएको हो। कतारले भने बिना कुनै काँटछाँट फिल्म पास गरेको छ।

यसअघि युएईले यौनजन्य, समलैंगिकता तथा कट्टरपन्थी विचारधारासँग सम्बन्धित हलिउड र बलिउड फिल्महरूमा पनि प्रतिबन्ध लगाएको थियो। सम्भवतः पहिलो पटक कुनै नेपाली फिल्मलाई युएईले प्रतिबन्ध लगाएको हो।

‘दुखी आत्मा’ जापानमा रिलिज भइसकेको छ भने अस्ट्रेलियामा शनिबारदेखि प्रदर्शन हुँदैछ। दक्षिण कोरियामा फेब्रुअरी २३ देखि रिलिज हुनेछ। नेपालमा भने फिल्म अहिले पनि प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस