२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

ओस्कर विजेता दम्पती घरमा मृत फेला, दुनियाँ स्तब्ध

काठमाडौं । ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान, उनकी श्रीमती बेट्सी अराकावा र उनीहरूको कुकुर न्यु मेक्सिकोको सान्ता फेस्थित घरमा मृत फेला परेका छन्।
९५ वर्षीय जीन र ६४ वर्षीया बेट्सी सान्ता फेमा बस्दै आएका थिए। जीनको फिल्मी करियर छ दशकभन्दा लामो समयसम्म चलेको थियो। उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा अवार्ड, चार गोल्डेन ग्लोब र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका थिए।
न्यू मेक्सिकोको सान्ता फे काउन्टी प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जीन ह्याकम्यान र उनकी श्रीमती बुधबार दिउँसो आफ्नो घरमा मृत फेला परेका छन्। अनुसन्धान जारी छ, तर अहिलेसम्म कुनै अपराध भएको संकेत देखिएको छैन।’
ह्याकम्यानले १९७१ को फिल्म ‘द फ्रेन्च कनेक्सन’ बाट उत्कृष्ट अभिनेताको ओस्कर र १९९२ को ‘अनफर्गिभन’ बाट सर्वश्रेष्ठ सहायक अभिनेताको ओस्कर जितेका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस