२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

यी चर्चित कलाकारलाई भिर माहुरीले मेडिसिटी अस्पताल पुर्‍यायो

काठमाडौं। प्रसिद्ध संगीतकार सुरेश अधिकारीलाई अचानक मुटुमा समस्या आएको कारण ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सुरेश अधिकारीको अस्पताल भर्ना भएको जानकारी दिएका छन्। उनले बताएका अनुसार अधिकारीले हिजो मच मुरिला मह खाएका थिए, जसको कारण स्वास्थ्यमा समस्या उत्पन्न भएको हो।

अधिकारीको स्वास्थ्य अहिले सामान्य रहेको र उनी संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन् भन्ने कुरा सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस