२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपाली बुहारी बनिन् यी चर्चित बलिउड अभिनेत्री (तस्विरसहित)

बलिउड अभिनेत्री र युट्युबर प्रजक्ता कोली र नेपाली युवक वृशांक खनालबीच विवाह भएको छ। इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनीहरूले विवाह बन्धनमा बाँधिएको जनाएका छन्।

उनहरूको विवाह भारतको महाराष्ट्रस्थित ओलेन्डर फार्म्स लक्जरी रिसोर्टमा मंगलबार भएको हो। यस अवसरमा मनीषा कोइराला, वरुण धवनजस्ता बलिउड सेलेब्रिटीहरूले उनीहरूलाई बधाई दिएका छन्।

विवाह समारोहमा अनिता डोंग्रेले तयार पारेको डिजाइनमा बेहुलाबेहुली सजिएका थिए। दुलही प्रजक्ताले पारिजातको फूलबाट प्रभावित सुनौलो लेहेंगा लगाएकी थिइन्, जबकि दुलाहाले आइभोरी सेरवानी पहिरिएका थिए।

प्रजक्ता कोली ‘मस्ट्ली सेन’ नामक युट्युबरको रूपमा चर्चित छन्। यसवर्ष रिलिज भएको बलिउड फिल्म ‘जुगजुग जियो’मा पनि उनको अभिनय रहेको छ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरूले गत असोजमा अमेरिकामा इन्गेजमेन्ट गरेका थिए। सेप्टेम्बर २०२३ मा अमेरिकाको पश्चिम भर्जिनियामा घुम्न गएको बेला वृशांकले प्रजक्तालाई प्रेम प्रस्ताव राखेका थिए।

वृशांक कानुन व्यवसाय गर्दै आइरहेका छन्। काठमाडौं घर भएका वृशांक मुम्बईमा रहँदाखेरि प्रजक्तासँग साथी बनेका थिए। प्रजक्ताले ‘जुगजुग जियो’का साथै विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस