२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

छविराजसँग अलग भएपछि के गर्दैछिन् शिल्पा? बाहिर आए यस्ता तस्विर

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन्। ओशो तपोवनमा पुगेर स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको ओशोमार्गी सोधिता सिम्खडाले जानकारी दिइन्।

सिम्खडाले शिल्पाको नवसन्यास दीक्षासँगै नयाँ अध्यात्मिक यात्रा शुभ होस् भनी कामना गरेकी छन्। उनले सामाजिक सञ्जालमा शिल्पाको फोटो र भिडियो पनि सेयर गरेकी छन्।

चलचित्र ‘लज्जा’बाट अभिनय सुरु गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन्। उनको पछिल्लो फिल्म ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो।

शिल्पा पूर्वपति छविराज ओझासँगको सम्बन्धका कारण चर्चामा थिइन्। एक महिनाअघि मात्र उनीहरू कानुनी रूपमा अलग भएका थिए। छविराजबाट पाँच करोडको घर लिएको खबर सार्वजनिक भए पनि शिल्पाले त्यसलाई अस्वीकार गरेकी छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस