२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

नेपाल प्रहरीका १५ अधिकृतहरूलाई दर्ज्यानी चिह्न (सूचीसहित)

२२ फागुन, काठमाण्डौँ । नेपाल प्रहरीका १५ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह लगाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी बसन्तबहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा एक जना, नेपाल सरकार गृह मन्त्रलाय सचिवस्तरको २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा.बिदुर प्रसाद आचार्य रहेका छन् । प्राविधिक प्रहरी निरीक्षकहरूमा चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहेका छन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस