२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

स्वाभिमानी महिला जसले डिर्भोसपछि गम्भीर बिरामी हुँदा पनि २ अर्बको अंश लिइनन्

काठमाडौं । सम्बन्ध विच्छेद र अशंको विषय लामो समयदेखि चर्चाको केन्द्रमा छ। सन् २०२५ सम्ममा भारतमा सम्बन्ध विच्छेदको दर १ प्रतिशत पुग्ने अनुमान गरिएको छ। शहरी क्षेत्रमा ३०-४० प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ। बलिउड र ग्ल्यामर संसारमा सम्बन्ध विच्छेदका घटना निकै बढी हुन्छन्, जहाँ अभिनेत्रीहरूले सम्बन्ध विच्छेदपछि ठूलो रकम अशं लिने चलन छ। तर एक अभिनेत्रीले २ अर्ब भारुको अशं प्रस्ताव अस्वीकार गरेर सबैलाई चकित पारिन्।

अशंको मुद्दा सम्बन्ध विच्छेदसँगै जोडिन्छ। हालै क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको सम्बन्ध विच्छेदको चर्चा छ। रिपोर्टका अनुसार, धनश्रीले ४.७५ करोड रुपैयाँ अशं पाउने कुरा छ, जसले धेरैको ध्यान खिचेको छ। तर उनीहरूले यो विषयमा खुलेर बोलेका छैनन्। यस्तै परिस्थितिमा, भारतकी एक चर्चित अभिनेत्रीको कथा बाहिर आएको छ, जसले सुपरस्टारसँगको सम्बन्ध विच्छेदपछि करोडौंको अशं लिन इन्कार गरिन्।

उनी हुन् सामन्था रुथ प्रभु। सन् २०१७ मा नागा चैतन्यसँग विवाह बन्धनमा बाँधिएकी सामन्थाको सन् २०२१ मा सम्बन्ध विच्छेद भयो। यो घटनाले धेरैलाई स्तब्ध बनायो। उनीहरू अलग हुनुको ठोस कारण स्पष्ट नभए पनि चैतन्यमाथि दोष लगाइयो। अहिले नागा चैतन्यले अभिनेत्री सोभिता धुलिपालासँग विवाह गरेका छन्। तर रोचक कुरा, एक रिपोर्टले खुलासा गर्‍यो कि सामन्थाले चैतन्यबाट प्रस्तावित २ अर्ब भारुको अशं लिन अस्वीकार गरेकी थिइन्।

सम्बन्ध विच्छेदपछि सामाजिक सञ्जालमा यो विषयले निकै तहल्का मच्चायो। सामन्थाले आफ्नो मेहनतले ग्ल्यामर संसारमा स्थान बनाएको र पूर्वपतिबाट एक पैसा पनि नलिएको बताइन्छ। रिपोर्टअनुसार, चैतन्यले उनलाई ५० करोडको प्रस्ताव पनि गरेका थिए, तर उनले त्यो पनि स्वीकार गरिनन्। सम्बन्ध विच्छेदअघि सामन्थाले बच्चा जन्माउने योजना बनाएको चर्चा पनि थियो।

सम्बन्ध विच्छेदले सामन्थालाई भावनात्मक रूपमा निकै कमजोर बनाएको थियो। उनी यति टुटेकी थिइन् कि ओछ्यानबाट उठ्नसमेत गाह्रो भएको रिपोर्टमा उल्लेख छ। उनलाई पैसाभन्दा माया र साथको आवश्यकता थियो। एक रिपोर्टले भन्छ, “मन भाँचिएकी सामन्थालाई यो विवाहबाट केवल माया र साथ चाहिएको थियो। जब यो सम्बन्ध टुट्यो, उनले यसबाट कुनै आर्थिक लाभ लिन चाहिनन्।” उनको यो निर्णयले धेरैको मन जितेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस